बागमती प्रदेशमा कोरोना विरुद्धको पूर्ण खोप लगाउने ७० प्रतिशत
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लगाउनेहरु ७० प्रतिशत पुगिसकेका छन् ।
यस प्रदेशमा १८ वर्ष भन्दा माथीका २९ लाख ७५ हजार ४४ जना नागरिकलाई पूर्ण खोप दिइएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो । बागमती प्रदेशमा पूर्ण मात्रामा खोप लगाउनेको सख्या धेरै रहेको छ ।
पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन बाँकी नागरिक भने ३ लाख ९५ हजार ७ सय ६ जना रहेको छ । पछील्ला दिनहरुमा खोप लागउनेक्रम निकै बढेको छ । सरकारकार खोप उपलब्ध पर्यात गराएसंगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सख्या पनि बढेको हो ।
बागमती प्रदेशमा १८ वर्ष माथीका २१ प्रतिशत नागरिकलाई अझै खोप लगाउन बाँकी रहेको छ । अझै पनि ८ लाख ८५ हजार ९ सय ७८ जना नागरिकले यस प्रदेशमा खोप लगाउन बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो ।