मीनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा

छहारी संवाददाता
पुस १, २०७८

रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गर्नुभएको छ । कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेपछि रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि पर्नुभएको छ ।

उहाँले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताउनुभएको छ । साभारः उज्यालो अनलाइन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*