सुर्य माविको ४७ औं जन्मजयन्तीमा स्मारिका लोर्कापण

छहारी संवाददाता
पुस १, २०७८

बगमति गाँउपालिका १ माझगाँउमा रहेको सुर्य माविको ४७ औं जन्मजयन्ती अभिभावक दिवस तथा स्मारिका लोर्कापण सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमति प्रदेश सरकारका सामाजीक विकास मन्त्री माननीय कुमारी मोत्तानले अहिलेको समयमा प्राविधीक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयोे । प्राविधीक शिक्षाले बिद्यार्थी आत्मा निर्भर हुने भएकोले आजको युगमा प्राविधिक शिक्षालाई जोडं दिनु पर्ने बताउनुभयो ।

शिक्षाको लागी प्रदेश सरकारले सक्दो सहयोग रहने विश्वास व्यत्त गर्नुभयो । विशिष्ट अतिथि बागमति गाँउपालिकाका अध्यक्ष सर्केश घलानले बिद्यालयलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बागमति गाँउपालिका वडा नं १ का अध्यक्ष ठर्गेन्द्र वाईबा, बागमति गाँउपालिकाको शिक्षा प्रमुख रमेश विडारी , नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य विवेक राई, जनता मा विका प्र.अ बसन्त राई, टंकेश्वर आ. विदयालयका प्र.अ ठम्बर राई , पञ्चकन्या आ. विदयालयका प्रविन माझी, संस्थापक शिक्षक सुर्य बाहादुर राई, रल बाहादुर राई, बिर बाहादुर राई, भुवन प्रसाद राई, पूर्व अध्यक्ष लक्ष्मिकुमार राई, भिमकुमार राई, धन बहादुर घिसिङ लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बिद्यालय व्यवसथापन समितिका अध्यक्ष डोर बहादरु थापाको सभाध्यक्षमा भएको थियो । यस्तै कार्यक्रममा स्मारिका लोर्कापण , प्र.अ द्वारा वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । गणित विषयको कला प्रदशन , नृत्य , स्काउटद्घारा मार्चपास भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*