अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण

छहारी संवाददाता
मंसिर २९, २०७८

मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर ७ कोगटे र वडा नम्बर ८ ईपामा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई सहायता सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा दुईओटा वडाका अपाङ्गता भएका व्यक्तिलाई १३ ओटा ह्विलचियर, ११ ओटा बैशाखी तथा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप लौरो, महिलालाई सारी तथ पुरुषलाई दौरा सुरुवाल वितरण गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा भएको सहायता सामग्री वितरण कार्यक्रममा ५० जना भन्दा बढी जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो । डा. बाबु सद्दाम हुसेनको प्राविधिक सहयोगमा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नवराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*