हेटौंडा उपमहानगरपालिकाद्वारा मानव सेवा आश्रमलाई ह्‍वीलचियर वितरण

छहारी संवाददाता
मंसिर २९, २०७८

हेटौंडा उपमहानगरपालिकाले वडा नम्बर–९ मा रहेको मानव सेवा आश्रमलाई ह्‍वीलचियर वितरण गरेको छ ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले एक लाख २० हजार रुपैयाँ बराबरको दश वटा ह्वीलचियर मानव सेवा आश्रमलाई हस्तान्तरण गर्नु भएको हो । मानव सेवा आश्रममा आश्रीतरु मानसिक संतुलन गुमाए तथा अपाङ्गता भएकाहरुलाई हिडडुल गर्न सहज होस भन्ने उदेश्ले ह्वीलचियर वितरण गरिएको मेयर महतले बताउनुभयो ।

अघिल्लो आर्थिक बर्ष पनि उपमहानगरपालिकाले मानव सेवा आश्रमलाई ह्वीलचियर वितरण गरेको थियो । हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, उपमहानगरपालिका महिला तथा बालबालिका महासाखाका प्रमुख जगनाथ सापकोटाको आतिथ्यतामा ह्वीलचियर वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*