बागमतीमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

छहारी संवाददाता
मंसिर २८, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

उनको सिफारिसमा मंगलबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलका सांसदहरुलाई मन्त्री र राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले मंगलबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् । मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् ।

कांग्रेस सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुंग्याउन नसकेको नेताहरुले बताएका छन् । विस्तारपछि वागमती प्रदेश सरकार १२ सदस्यीय भएको छ । जसमा १ राज्यमन्त्री र ११ जना मन्त्री छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*