कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा निधिले पनि देउवालाई सहयोग गर्ने

छहारी संवाददाता
मंसिर २८, २०७८

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ ।

सभापतिको दोस्रो चरणको मतदानमा निधिले देउवालाई सहयोग गर्ने बताउनु भएको हो । दोस्रो चरणको मतदान हुने भए पछि देउवाले निधिलाई  पनि भेट्नु भएको थियो ।

यसअघि नेता प्रकाशमान सिंहलाई पनि उहाँले भेट्नु भएको थियो । सिंहले देउवालाई समर्थन गर्ने बताइसक्नु भएको छ ।

सभापतिको पहिलो चरणको चुनावमा निधिले २ सय ४९ मत पाउनु भएको थियो । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच  प्रतिस्पर्धा हुँदैछ । दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि बेलुका साढे सात बजेसम्म राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएको मतदान केन्द्रमा हुनेछ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*