वेस्ट इन्डिजका तीन खेलाडीलाई कोरोना संक्रमण

छहारी संवाददाता
मंसिर २६, २०७८

पाकिस्तानमा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न आइपुगेका वेस्ट इन्डिजका तीन जना खेलाडीलाई कोरोना संक्रमण देखिएको छ।

डिसेम्बर ९ तारिखमा पाकिस्तान ओर्लिएका वेस्ट इन्डिजका चार खेलाडीमा कोरोना संक्रमण देखिएको हो। एकजना भने खेलाडी नरहेको क्रिकइन्फोले उल्लेख गरेको छ। सेल्डन कट्रेल, रोस्टन चेज र कायल मेयर्सलाई कोरोना संक्रमण पुष्टि भएको हो।

तीन खेलको शृंखला सोमबारदेखि कराँचीमा सुरु हुँदैछ। क्यारेबियनबाट दुबई हुँदै आएको वेस्ट इन्डिजका टोलीका सदस्यहरुको खेल सुरु हुनुअघि कोरोना परीक्षण गरिएको थियो।

क्रिकेट वेस्ट इन्डिजका अनुसार संक्रमित चारै जनामा कोरोना संक्रमणका कुनै लक्षण नरहेको र यसअघि उनीहरुले पूर्ण खोप लगाएको जनाएको छ। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*