भाटभटेनी सुपर मार्केटको २० औं शाखा हेटौडामा पनि संचालन

छहारी संवाददाता
मंसिर २६, २०७८

भाटभटेनी सुपर मार्केटले बागमती प्रदेशको राजधानी हेटौंडाको वडा नम्बर २ चौकीटोलमा आफ्नो २० औं शाखा संचालनमा ल्याएको छ ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्धक मीन बहादुर गुरुङले बुधबार एक औपचारिक कार्यक्रम गरी शाखाको शुभारम्भ गर्नु भएको हो । स्वदेशमै अन्तराष्ट्रियस्तरको गुणस्तरीयता, सस्तो सामान, र रोजगारी तथा उपभोक्तालाई भरपर्दो सेवा पुर्याउने उदेश्यले भाटभटेनी संचालन ल्याको गुरुङले बताउनुभयो ।

सुपर मार्केटको सेवासंगै आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटनमा पनि टेवा पुग्ने उहाँको विश्वास छ । उहाँले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने, धेरै भन्दा धेरैलाई रोजगार प्रदान गर्ने र आयबाट पनि समाजमा सेवा गर्ने आफ्नो अभियान रहेको बताउनुभयो । भाटभटेनीलाई सातै प्रदेशका मुख्य शहरमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको गुरुङको भनाई छ ।

शाखा शुभारम्भको अवसर पारेर भाटभटेनीले इलोक्ट्रीन सामग्रीमा २० प्रतिशत र अन्य लत्ताकपडा लगायत सम्पुर्ण सामग्रीमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । भाटभटेनीका क्षेत्रिय प्रवन्धक विनोद भट्टराईले इलोक्ट्रोनिक सामग्री खरिद गर्ने सेवाग्राहीहरुको लागि निःशुल्क घरदैलो सेवा समेत उपलब्ध रहेको जानकारी दिुनभयो ।

भौगोलिक क्षेत्रको आधारमा घरदैलो सेवा भाटभटेनी संचालनमा रहेको स्थानबाट करिब २५ किलोमिटर क्षेत्रभित्रका सेवाग्राहीहरुको लागि मात्र उपलब्ध रहेको उहाँले बताउनुभयो । छुटअवधिभर दैनिक १५ हजार भन्दाबढी सेवाग्राहीले भाटभटेनीमा समान खरिद गरेको भट्टराईले बताउनुभयो ।

भाटभटेनीमा स्टोर परिसरको जमिन र निर्माणका लागि एक अर्ब ५० करोडको लगानी भएको छ। भाटभटेनी १४ कट्ठा ५ धुर जग्गामा स्टोरको २ वटा बेसमेन्टसहित ८ तले भवनको निर्माण गरिएको छ । भवनको कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिट छ। सेवाग्राहीहरुको लागि पार्किङको व्यवस्था रहेको छ । भाटभटेनीमा भान्छामा प्रयोग हुने इलोक्ट्रोनिक, खाद्यान्य, तरकारी तथा फलफुल, बालबालिकाका खेलौना, शृङ्गारका सामग्री, महिला र पुरुषका विभिन्न ब्राण्डका गुणस्तरीय लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स सामग्री लगायत दैनिक उपभोग्य सम्पूर्ण सामानहरु उपलब्ध रहेको छ ।

त्यस्तै भाटभटेनीमा विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने फुड चेन ब्रान्ड केएफसी समेत संचालनमा आएको छ । यसैगरी पेपे पिजाले पनि सेवा शुभारम्भ गरेको छ । त्यसैगरी भाटभटेनीले आफ्नो सेवा संचालनमा रहेको स्थान वरपर मुख्य सडक स्तरोन्नती र वृक्षारोपण गरेको छ ।

भाटभटेनी क्षेत्रमा सडक चौडा र नाला व्यवस्थित तथा आकषर्ण बनाउनका लागि स्थानीय तहको समन्वयमा आफ्नै करिब ८० लाखको स्तरोन्नती गरेको व्यवस्थापक भट्टराईले बताए । जसमा २५० जनाले रोजगारी पाएका छन् । यहाँ २५० जनालाई रोजगारी दिएको उहाँले बताउनुभयो । भाटभटेनीको सबैभन्दा बढी काठमाडौंमा ९ वटा शाखा रहेका छन् ।

ललितपुरमा दुई वटा, भक्तपुर, धरान, विराटनगर, भरतपुर, पोखरा, बुटवल, भैरहवा,नेपालगञ्ज,इटहरीमा एकएक वटा शाखा संचालनमा रहेको छ । काठमाडौंमा २ र धनगढीमा १ वटा थप भाटभटेनी संचालनमा ल्याउने तयारी रहेको संचालक गुरुङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*