कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक
छहारी संवाददाता
मंसिर २३, २०७८

नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहीवार आयोजित कार्यक्रममा नेता थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उहाँले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । ‘२०७८ काे अधिवेशनपछि कांग्रेसकाे लक्ष्य भनेकाे नेपाललाई समुन्नत बनाउने र नेपालीलाई सम्मानित बनाउने हाे’, नेता थापाले भन्नुभयाे ।

नेता थापाले याे कार्यदिशालाई अघि बढाएर नागरिकले आउँदाे चुनावमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले चुनाव आफैँ जित्ने नागरिककाे राेजाइकाे कांग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताउनुभयो ।

नेता थापाले भन्नुभयो, ‘अब चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन । चुनाव आफैँ जितिन्छ । आफैँ आउँछन् मतदाता । लाइन लागेर आउँछन् । कांग्रेसलाई छान्न आउँछन्, रोज्न आउँछन् । कांग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, कांग्रेससँग जोडिन मन लाग्ने कांग्रेस बनाउने हो । त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन भाेलि शुक्रवारदेखि काठमाण्डाैमा सुरु हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*