कांग्रेसको १४ औं महाधिवेशन अपडेटः बागमती प्रदेश सभापतिको मतपरिणाम आउने क्रम जारी

१६१३ मत गन्दा केसी भन्दा बानियाँ १२५ मतले अगाडि
छहारी संवाददाता
मंसिर १९, २०७८

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि आज भएको दोस्रो मतदानको मतपरिणाम आउने क्रम जारी छ ।

साँझबाट सुरु भएको मतगणनामा अहिलेसम्म १६१३ मत गनिसक्दा इन्द्रबहादुर बानियाँ ८६२ मत सहित अगाडी हुनुहुन्छ । यस्तै सभापतिका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ७३७ मत प्राप्त गर्नु भएको छ ।

बानियाँ, केसी भन्दा बानियाँ १२५ मतले अघि हुनुहुन्छ । पहिलो चरणको निर्वाचनमा सभापति पदका तीनै उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणमा मतदान भएको हो ।

आइतबार भएको मतदानमा हिजो भन्दा ५८ मत कम अर्थात २ हजार २५ मत खसेको थियो । जारी अधिवेशनमा २ हजार १ सय ५१ प्रतिनिधि रहेका छन् । यसअघि आज बिहान सभापतिका अर्का उम्मेद्वार भीमसेनदास प्रधानले पत्रकार सम्मेलन गरी बानियाँलाई समर्थन गर्ने घोषणा गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*