चीनले अफ्रिकामा कोरोना महामारी विरुद्ध जुध्न थप सहयोग गर्ने
चीनले अफ्रिकालाई कोभिड–१९ महामारी विरुद्ध जुध्न थप सहयोग गर्ने भएको छ ।
कोरोना महामारी तथा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलन थालेपछि चीनले अफ्रिकामा थप सहयोग गर्ने भएको हो । दक्षिण अफ्रिकामा देखा परेको नयाँ भेरियन्टको सङ्क्रमण विश्वका ४० भन्दा धेरै देशमा पुष्टि भइसकेको छ ।
यसअघि सन् २०१९ को डिसेम्बरमा चीनमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको थियो ।
यो सङ्क्रमणले विश्वमा महामारीकै रुप लिएको छ । साथै चीनले अफ्रिकी देशहरूको भरपर्दो साझेदारको रूपमा आफ्नो विश्वसनीयता बलियो बनाएको र चीन–अफ्रिका सहयोगलाई बदनाम गर्ने गरी हुँदै आएका अफवाहहरूको खण्डन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।