कांग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदै

छहारी संवाददाता
मंसिर १८, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागी आज मतदान हुँदैछ ।

हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा मतदान सुरु हुने निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता केशवराज काफ्लेले जानकारी दिनुभयो । मतदान प्रकृया अन्तर्गत गएराति अवेर गरी निर्वाचन अधिृकतको कार्यालयान उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

कांग्रेस बागमती प्रदेशको सभापतिका लागी नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता एवं मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेन दास प्रधानले उम्मेदवारी दिएका छन्, सिधाखबरले लेखेको छ ।त्यसैगरी उप–सभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सह–महामन्त्री महिला तर्फ ३ जना र सह–महामन्त्री खुल्ला तर्फ ७ जनाको उम्मेदवारी परेको छ ।

सभापतिका उम्मेदवार बानियाँ र केसीले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । बानियाँको प्यानलबाट उप–सभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा महेन्द्र थिङ, हरिशरण श्रेष्ठ र निर्मला बस्ताकोटी खड्काले उम्मेदावारी दिएका छन् ।

यस्तैगरी केसीको प्यानलबाट उप–सभापतिमा मोहन बहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल र कंचन चन्द्र बादेको उम्मेदवारी रहेको छ । प्रधानको तर्फबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शराम पोखरेल, महामन्त्रीमा गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको छ ।

१० स्थानमा मतदान व्यवस्था गरेकोले मतदान छिटै सकिने निर्वाचन संयोजक केशव प्रसाद काफ्लेले जानकारी दिनुभयो । बिहीबारबाट सुरु भएको प्रथम अधिवेशनमा १२४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा २१३७ जनाले नयाँ नेतृत्व चयनका लागी सहभागीता जनाउँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*