कांग्रेसको बागमती प्रदेश अधिवेशनको आज हेटौंडामा उद्घाटन हुँदै

छहारी संवाददाता
मंसिर १६, २०७८

नेपाली कांग्रेसको बागमती प्रदेशको अधिवेशन आज हेटौंडामा उद्घाटन हुँदैछ ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनअन्तर्गत कांग्रेस बागमती प्रदेशको अधिवेशनको भर्चुअल उद्घाटन गर्नुहुनेछ । अधिवेशनको सम्पूर्ण तयारी सकिएको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिनुभयो । कार्यक्रम हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा बिहान १२ बजे सुरु हुनेछ ।

प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदैछ। प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौं जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गर्नु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश सभापतिमा जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ । बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*