विप्लप माओवादीका बिशेष जिल्ला सेक्रिटरी किरण सहित ६० जना माओवादी केन्द्रमा प्रवेश

छहारी संवाददाता
मंसिर १५, २०७८

विप्लप माओवादी पार्टी परित्याग गरि बिशेष जिल्ला सेक्रिटरी चन्द्र रुम्बा (किरण) माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

माओवादी केन्द्र राक्सिराङको सम्मेलनमा सेक्रिटरी किरण सहित, विप्लप माओवादीका प्रभावशाली नेता कृष्णबहादुर थिङ लगायत नेकपा एमाले, नेपाली कांग्रेसबाट ६० जना माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

प्रवेश गर्नेहरु बिषेशत वडा नम्बर ५, ६ र ९ बाट रहेका छन् । नवप्रबेशी किरणले सम्मेलनमा बोल्दै, एकीकृत जनक्रान्ति लक्ष्य अनुरुप कार्यन्वयन हुन् सकिन, त्यसकारण माओवादी केन्द्रको मुख्य धारमा समाहित भएको हो ।

उनले भने, जनयुद्धले प्राप्त गरिएको अहिले ब्यबस्था संकट देखा परेकोले फेरि माओवादीहरु एकजुट हुन आबश्यक रहेकोले आफु मुलधारको राजनीतिमा समाहित भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*