माओवादी केन्द्र राक्सिराङको सम्मेलनबाट अध्यक्षमा मोक्तान चयन

बुद्धिजिबी संगठनमा मोक्तान, वाइसिएलमा पाख्रिन
छहारी संवाददाता
मंसिर १५, २०७८

नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिकाको प्रथम सम्मेलन मंगलबार सकिएको छ । गाउँपालिका मुकाम चैनपुरमा भएको सम्मेलनले पुनस् हस्तबहादुर मोक्तानको अध्यक्षतामा ५२ सदस्यीय गाउँपालिका कमिटि चयन गरिएको छ।

कमिटिको उपाध्यक्षहरुमा इन्द्रबहादुर थिङ, इमान्युएल स्याङ्तान, चन्द्र सिं प्रजा, सचिबमा चन्द्रमान प्रजा, कोषाध्यक्षमा पुर्णिमा दोङ र सह(सचिबमा सागर घलान, रामशरण प्रजा लगायत रहेका छन्। भने ३ जना पहिलो बैठकबाट मनोनित गर्ने अध्यक्ष मोक्तानले बताए ।

यसै गरि, माओवादी केन्द्र निकट नेपाल बुद्धिजिबी संगठन राक्सीराङ गाउँ कमिटि गठन भएको छ । भुतपुर्ब शिक्षक प्रेमबहादुर मोक्तानको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा शिबकुमार थापा, सचिब सिंहराम रुम्बा लगायत रहेका छन् ।

त्यस्तै, वाइसिएल नेपाल राक्सिराङ गाउँपालिकाको भेला आयोजक कमिटि गठन भएको छ । साजन पाख्रिनको संयोजकत्वमा ५१ सदस्यीय भेला आयोजक कमिटि गठन भएको हो ।

कमिटिको सह(संयोजकमा दुर्गादास स्याङ्तान, इन्दुलाल चेपाङ्ग, चन्द्रलाल थिङ्ग, सचिबमा देबराज थिङ्ग, कोषाध्यक्ष सुजन स्याङ्तान, र स(सचिब सन्जिब प्रजा लगायत चयन भएका छन् । सम्मेलनमा जनयुद्धको क्रममा शहिद भएका परिवारहरुलाई सम्मान समेत गरिएको छ ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र बागति प्रदेश कमिटि सदस्य एबम प्रदेश सभा सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीको राक्सिराङ्ग इन्चार्ज बनस्तम थिङ, पार्टीको जिल्ला समन्वय समितिको सदस्य खुसीलाल चेपाङ, हबिल चेपाङ, अनेम संघ ९क्रान्तिकारी० का रक्सिराङ संयोजक पुर्णिमा दोङ लगायतले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*