माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

छहारी संवाददाता
मंसिर १३, २०७८

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

उहाँ खतरामुक्त रहेका श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो । गएको शुक्रवार बैङ्ककबाट थप उपचारका लागि नेता पुनलाई चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको थियो ।

पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित हुनुहुन्छ । बैङ्ककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न उहाँलाई चीन लगिएको हो  ।  साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*