हेटौंडा लेडी जेसीजको आयोजनामा भएको स्लो स्कुटि प्रतियोगितामा श्रीसा ढकाल प्रथम
हेटौंडा लेडी जेसीजको आयोजनामा भएको स्लो स्कुटि प्रतियोगितामा श्रीसा ढकाल प्रथम हुनुभएको छ ।
जेसीज सप्ताह अन्तर्गत पाँचौ दिनको पहिलो कार्यक्रम स्लो स्कुटि प्रतियोगिता भएको हो । सबैभन्दा बिस्तारै स्कुटि चलाएर ढकाल प्रथम हुनुभएको हो । प्रतियोगितामा वर्षा गौतम दोस्रो तथा पूष्पा क्षेत्री तृतीय भए । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद पाँच, तीन र दुई हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा २३ वटा स्कुटिको सहभागिता रहेको थियो । हुप्राचौरको मेनगेटदेखि एलएन फ्रेसमम्म सय मिटर स्लो स्कुटि ड्राइभ प्रतियोगिता गराइएको हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र ब. गुरुङको प्रमुख आतिथ्यता तथा जेसिआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता सम्पन्न भएको हो ।
त्यस्तै जेसीज सप्ताह अन्तर्गतको पाँचौं दिनको दोस्रो कार्यक्रम अन्तर्गत हेटौंडाका महिला अटो तथा मयूरी चालकलाई ट्राफिक नियम सम्बन्धि सचेतना प्रदान गरिएको छ । प्रहरी सहायक निरीक्षक दयाराम गौतमले महिला चालकलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिनुभएको होे ।
कार्यक्रममा सहभागि ३५ जना महिला चालकलाई सेफ्टी ज्याकेट समेत प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै आजनै उद्यमशिलता तालिम अन्तर्गत दालमोठ र टोमाटो सस बनाउने तालिमको उद्घाटन गरिएको छ । सूचना श्रेष्ठको प्रशिक्षणमा दुईदिनसम्म चल्ने तालिममा २५ जना सहभागि रहेका छन् ।