मेरो देश

रचनाकारः मिथिला अधिकारी
मंसिर १३, २०७८

यो देशको सन्तति भन्नलाई !
यो देशमा जन्म मिलो मलाई !!
आहा कति सुन्दर देश मेरो,
चौतर्फी चर्चा छ हिमाल मेरो !!
खोला नदीका यी बिशाल धारा !
लाली गुराँश,फुल विभिन्न सारा !!
हिमाली डाँफे छ मुनाल नाच्दै !
तराई रम्दै छ मुसुक्क हाँस्दै !!
वर्लिन्छ जुन त्यो भई पूर्ण,राती !
देखिन्छ ऐना सरि ताल माथि !!
आहा कति सुदर देश मेरो !
चौतर्फी लाग्ने सबलाई प्यारो !!
सीता भृकुटी अनि बुद्ध जन्मे,!
देबी र देउता सब आइ रम्ने !!
यो देश मेरो सबको नजरमा !
छ नाम प्यारो सबका अधरमा !!
झर्ना झरी झर झर स्वच्छ पानि !
पाईन्छ खोज्दा छ अनेख खानी !!
संजीवनी बुट्टी पनि यहि छन् !
सान्ति भय स्वर्ग हुने छ यो झन् !!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*