प्रधानमन्त्री देउवाले आज बारका पदाधिकारीसँग छलफल गर्ने

छहारी संवाददाता
मंसिर १०, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बारका पदाधिकारीसँग  छलफल गर्दै हुनुहुन्छ।

नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाउनुभएको हो ।  प्रधानमन्त्री देउवाले नेपाल बारका पदाधिकारीलाई बिहान साढे १० बजे छलफलका लागि बोलाउनुभएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई भेट्न दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोली जाने उहाँले बताउनुभयो । प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दललाई गएको सोमवार बुझाएको धारणापत्र बारले प्रधानमन्त्रीलाई पनि बुझाउनेछ ।

प्रधानन्यायाधीश जबरालाई अवज्ञा गर्दै सर्वोच्चका १९ न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलनमा छन् । यसैबीच, हिजो सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठक पूर्णले गोला प्रक्रियाद्वारा इजलास निर्धारण गर्ने निर्णय गरेको छ। साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*