मकवानपुरमा राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने
जिल्ला प्रशासन कार्यालय मकवानपुरले राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने सूचना जारी गरेको छ ।
तिहारमा खेलिने देउसी तथा भैलो रातको आठ बजे सम्म मात्र आयोजना गर्नहुन अनुरोध गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । साथै जिल्लामा कोरोना संक्रमणको जोखिम अझैं यथावत रहेकाले तिहार तथा छठ लगायतका पर्वहरू स्वास्थ्य मापदण्ड पालना गर्न गराउनु प्रशासनले अनुरोध गरेको छ ।
मेला, महोत्सव र मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन नगर्न, नगराउन प्रशासनले अनुरोध गरेको छ ।
तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुँईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य एवं सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, ओसार–पसार, विक्री वितरण तथा प्रयोग गर्न पूर्णरूपमा बन्देज गरिएको हुँदा त्यस प्रकारका क्रियाकलाप नगर्न, नगराउन हुन जिल्ला प्रशासन कार्यालय, मकवानपुर सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गरिएको अर्यालले बताउनुभयो ।