नेकपा माओवादी केन्द्रले राम्रा काम गरे पनि बिक्री गर्न जानेनः प्रचण्ड

छहारी संवाददाता
कार्तिक १५, २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे पार्टीले राम्रा काम गरे पनि बिक्री गर्न नजानेकाे बताउनु भएकाे छ । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष प्रचण्डले राम्राे काम गर्दागर्दै पनि पार्टीले मार्केटिङ गर्न नजानेकाे बताउनु भएकाे हाे ।

प्रचण्डले पार्टीमा शिथिलता देखिएकाले आफ्ना मुद्दाहरुप्रति विश्वास कायम गर्दै नयाँ सङ्कल्पका साथ अगाडि बढ्नु पर्ने बताउनु भएकाे छ। उहाँले माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको छ। उहाँले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाउनुभएको हो ।

उहाँले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाउनुभयो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*