वाइसीएल हेटौंडा उपमहानगरको अध्यक्षमा गोले, २५० जना युवा माओवादी प्रवेश
नेकपा (माओवादी केन्द्र) सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) हेटौंडा उपमहानगरको अध्यक्षमा विरबहादुर गोले (सानु) चयन भएका छन् । आइतबार सम्पन्न एकता विभाजनपछिको प्रथम सम्मेलनबाट गोले अध्यक्षमा चयन भएका हुन ।
यसैगरी, उपाध्यक्षमा रमेश सिन्तान, निलम्बर सापकोटा, सचिव सुरज घलान, सह–सचिव ओम पुडासैनी, सावित्री गौतम, विदुर सिटौला चयन भएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्दै २५० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आइबार नै विभिन्न पार्टी छोडेर ५० जना युवाहरुले माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका संघीय अर्थमन्त्रि जनार्दन शर्मा प्रभाकर ले खादा र अविर लगाएर पार्टी प्रवेश तथा स्वागत गरेका छन् ।