जापानमा सत्तारुढ दल एलडीपीलाई एकल बहुमत

छहारी संवाददाता
कार्तिक १५, २०७८

जापानको सत्तारुढ पार्टीले आइतबार भएको आम चुनावमा एकल बहुमत प्राप्त गरेको छ।

महिना दिनअघि मात्रै सत्तामा आएका प्रधानमन्त्री फुमिओ किशिदाका लागि चुनावी नतिजा ठूलो जीतका रुपमा लिइएको छ।सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले तल्लो सदनका बहुमतका लागि चाहिने २३३ भन्दा बढी सिटमा जीत हासिल गरेको हो।

यसको अर्थ कोमिइतो पार्टीसँग गठबन्धन नगरी एलडीपीले सत्ता चलाउन पाउने भएको छ। ६४ वर्षका किशिदा यो अक्टोबरको सुरुमा सत्तारुढ पार्टी एलडीपीको नेता बनेका थिए। एलडीपीले दशकौँदेखि जापानमा सत्ता सञ्चालन गर्दै आएको छ। तर कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रयासलाई लिएर आलोचना भएको थियो। साभारः देशसञ्चार डटकम ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*