मनहरी र रातोमाटेमा कांग्रेसको चियापान, ८६८ जना पार्टी प्रवेश 

छहारी संवाददाता
कार्तिक १४, २०७८

 

नेपाली कांग्रेसले मकवानपुरको मनहरी र हेटौंडा–१५ रातोमाटेमा शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेस मनहरी गाउँपालिकाको आयोजनामा मनहरी बजार र हेटौंडा–१५ इकाई समितिको आयोजनामा रातोमाटेमा चियापान कार्यक्रम भएको हो ।

मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा मनहरीमा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, जिल्ला सचिव बुद्ध लामा, सल्लाहकारहरु भरत पराजुली, उमा दाहाल, मनहरी उपसभापति सुर्य रोक्का, वडा अध्यक्ष ठाकुर तितुङ, नेताहरु शंकर न्यौपाने, लोक मोक्तान, रञ्जन कालाखेती, गणेश मानन्धर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राप्रपा पूर्व क्षेत्रीय अध्यक्ष रामचन्द्र बर्तौला, उद्योग बाणिज्य संघ पश्चिमी क्षेत्रका बरिष्ठ उपाध्यक्ष गणेश मानन्धर, राप्रपा जिल्ला सदस्य एवं मउवासंघका सदस्य हरिकृष्ण बर्तौलालगायत माओवादी, एमाले, राप्रपाका गरी ७१८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै, हेटौंडा–१५ मा वडासभापति नवराज घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा १४ जना पुराना कांग्रेसका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, जिल्ला सचिव बुद्ध लामा, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति तारानाथ चौलागाई, वडा अध्यक्ष महारत्न लामा, हेटौंडा नगर अध्यक्ष उत्सव इटेनी, नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य प्रेमबहादुर भोम्जन, कांग्रेस वडा उपसभापति इश्वर पाख्रिन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले, माओवादी, राप्रपा लगायतका पार्टीबाट १५० जना प्रवेश कांग्रेसमा प्रवेश गरेको तरुण दल नगर सदस्य रोहित श्रेष्ठले जानकारी दिए । दुबै कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि डिना, विशिष्ट अतिथि कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति बानियाँ लगायतले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*