बौद्धिक अपाङ्ग अभिभावकसंघ मकवानपुरद्वारा डे–केयर सञ्चालनको माग
बौद्धिक अपाङ्ग अभिभावकसंघ मकवानपुरले अपाङ्गता भएका व्यक्तिलाई राखेर पढाउनका लागि डे–केयर सञ्चालन गर्न माग गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत समक्ष उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई राखेर अध्यापन गर्ने र हेरविचार गर्नका लागि डे–केयर सञ्चालन गर्न माग गरेका हुन् ।
हेटौंडा–७ को नवज्योती माविमा भर्ना भएर न्युरेनीमा डे–केयरमा अध्यापन गराउँदै आएकोमा कोरोनाका कारण बन्द भएकाले फेरी सञ्चालन भएपनि हेरालुको समस्या भएको मेयर महत समक्ष गुनासो गरेका छन् ।
कार्यक्रममा मेयर महतले अपाङ्गता भएकाहरुलाई अध्यापन गराउनका लागि सक्दो सहयोग गर्ने बचन दिनुभयो । उहाँले अरु सहज रुपमा अध्यापन गर्ने र अपाङ्गता भएका व्यक्तिहरु एकै नहुने भएकाले यसमा स्थानीय सरकारले पहिले पनि सहयोग गरेको र अब पनि सहयोग गर्ने बताउनुभयो ।