हेटौंडा उपमहानगरले चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दैछ ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका क्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको हो । किसालनलाई खेती गर्नका लागि सहज होस भन्ने उदेस्यले मेसीनरीको सहयोग गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभएको जनपत्रले लेखेको छ ।
किसानका लागि तरकारीका विउ वितरण, टनेल हाउस खेती कार्यक्रम, साना सिंचाइ कार्यक्रम, साना खेती सहयोग कार्यक्रम, विभिन्न बालीका विउ वितरणको कार्यक्रम, पुस्प खेती प्रवर्दन कार्यक्रम, प्लाष्टीक पोखरी निर्माणको कार्यक्रमलाई प्राथमिकता दिइएको मेयर महतले बताउनुभयो ।
हेटौंडामा पछी थपीएका वडाका महिलाहरुलाई लक्षित गरेर कृषिमा महिला प्रोत्साहन कार्यक्रम, कृषि इन्जिनियररिङ प्रवर्दन कार्यक्रम, विउविजन संकलन भवन निर्माण, कृषि तथा पशुपालन कार्यक्रम, टनेल निर्माण, उन्नत विउ वितरणलाई प्रोत्साहन कार्यक्रम लगायतकाको क्षेत्रमा प्राथमिकताका साथ काम गर्न लागिएको उहाँले बताउनुभयो ।
मध्यम प्रविधि युक्त बहुउदेस्य फलफूल नर्सरी स्थापना कार्यक्रम, तरकारी बालीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम, खाद्यान्न बालीमा उन्नत विउ उपयोगमा मुल्य अनुदान कार्यक्रममा सहयोग गरिने उहाँले बताउनुभयो ।