अर्थमन्त्री शर्माद्वारा मक्राञ्चुलीमा रहेको रुद्र बाटिका अवलोकन
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले आइतबार मकवानपुरगढी स्थित मक्राञ्चुलीमा रहेको रुद्र बाटिकाको अवलोकन गर्नु भएको छ ।
योङ्ग कम्युनिष्ट लिग ९वाइसीएल० हेटौंडा नगर सम्मेलनलाई सम्बोधन गर्न आज हेटौंडा आउनु भएका अर्थमन्त्री शर्माले जनयुद्धकालिन शहिद रुद्र पाख्रिनको स्मृतिमा निर्मित रुद्र वाटिकामा पुगेर पाख्रीनको सालिकमा पुष्पगुच्छा अर्पण गर्नु भयो ।
कार्यक्रममा नेकपा माओवादी मकवानपुरका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।