भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा

छहारी संवाददाता
कार्तिक १४, २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिनुभएको छ ।

सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताउनुभएको छ ।

पार्टीका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै गएको कात्तिक १० मा पेस गरेको लिखित राजीनामामा पार्टी एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनमा स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिक रुपमा र स्थायी कमिटीको बैठकमा अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नरहेको उल्लेख छ। साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*