वाइसीएल हेटौंडा नगर सम्मेलनलाई सम्बोधन गर्न अर्थमन्त्री शर्मा आज हेटौंडा आउँदै

छहारी संवाददाता
कार्तिक १४, २०७८

अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) आज हेटौंडा आउँदैहुनुहुन्छ ।

उहाँ नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगर सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउन लाग्नु भएको महोवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिनुभयो ।

नेकपा एकता विभाजनपछि हुने भएको वाइसीएल हेटौंडा नगरको प्रथम सम्मेलनलाई सम्बोधन गर्न शर्मा हेटौंडा आउन लाग्नु भएको हो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा अर्थमन्त्री शर्मासंगै वाइसीएल केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा (दीपशिखा) र संयोजक सुमन देवकोटा (अब्दुल) पनि आउने प्रचार विभाग प्रमुख पाख्रिनले जानकारी दिनुभयो ।

सम्मेलनलाई पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कुमारी मोक्तान, माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) लगायतले सम्बोधन गर्नु हुनेछ । आज बिहान ११ बजे हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने सम्मेलनले वाइसीएल हेटौंडा उपमहानगर कमिटीको नयाँ नेतृत्वसहितको कमिटी निर्माण गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*