हेटौंडा नगर सम्मेलनको पूर्वसन्ध्यामा वाइसीएलद्वारा मोटरसाइकल र्याली आयोजना

छहारी संवाददाता
कार्तिक १३, २०७८

नेकपा माओवादी केन्द्र सम्बद्ध योङ्ग कम्युनिस्ट लिग (वाइसीएल)ले हेटौंडामा मोटरसाइकल र्याली निकालेको छ ।

आइतबार हुने वाइसीएल हेटौंडा उपमहानगरको एकता विभाजन पछिको प्रथम  सम्मेलनलाई केन्द्रीत गरि शनिबार मोटरसाइकल र्याली निकालिएको हो । फरेस्टी गेटबाट सुरु भएको र्याली बाइपास रोड हुँदै बसपार्क, राप्ती रोड, बुद्धचोक, कृष्ण मन्दिर, मानस चोक, संगमचोकको परिक्रमा गर्दै हुप्रामा पुगेर समापन भएको थियो ।

वाइसीएल नेपाल उपमहानगरपालिका कमिटीको आयोजनामा भएको मोटरसाइकल र्यालीमा वाइसीएल नेपालका केन्द्रीय सदस्य प्रकाश चन्द्र पाण्डे, मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन, अध्यक्ष राजकुमार मोक्तान, सचिव लवराज ठकुरी, जिल्ला सदस्य सुन्दर लामा, वाइसीएल हेटौंडा उपमहानगर अध्यक्ष बिरबहादुर गोले (सानु) लगायतको सहभागिता रहेको थियो ।

भोलि हुने सम्मेलनलाई सम्बोधन गर्न केन्द्रबाट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संघीय अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) हेटौंडा आउने कार्यक्रम छ । शर्मासँगै वाइसीएल केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा (दीपशिखा), संयोजक सुमन देवकोटा (अब्दुल) पनि हेटौंडा आउनु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*