माधव नेपालको कुण्ठामा लागेकाहरुलाई एमालेमा फिर्ता ल्याउनुपर्छः नेता पोख्रेल

छहारी संवाददाता
कार्तिक १३, २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले माधव कुमार नेपालको कुण्ठाका कारण अर्को पार्टीमा लागेकाहरुलाई एमालेमा फिर्ता आउन आग्रह गर्नुभएको छ ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको प्रधम अधिवेशनको उद्घाटन् गर्दै उहाँले नेता नेपालको बहकाइमा लागेर समाजवादी पार्टीमा लागेका असल कार्यकर्ताहरुलाई एमालेमा फिर्ता गर्नुपर्ने बताउनुभएको हो । दक्षिणपन्थी अवसरवादको रुपमा अहिलेकोे सरकार गठन भएको भन्दै उहाँले प्रचण्ड र नेपालका कारण नेकपाको एकता भाँडिएको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश कमिटीका सदस्य अनन्त पौडेल, रघुनाथ खुलाल, गोपाल श्रेष्ठ, एमाले प्रदेश कमिटीका सदस्य तथा जिल्ला कमिटी मकवानपुरका सचिव एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, एमाले जिल्ला कमिटीका सचिवालय सदस्य नविन सिग्देल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एमाले हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रम नगरकमिटीका सचिव बोलबहादुर कार्कीले सञ्चालन गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*