नेकपा एमाले एकताबद्ध ढंगले अघि बढेको छः पुर्व मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
कार्तिक १३, २०७८

बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले एकताबद्ध ढंगले अगाडि बढेको बताउनुभएको छ ।

आज मकवानपुर गढी गाउँपालिकाको अधिवेशन उद्घाटन गर्दै उहाले पार्टिबाट दुई जना गएपनि दुईसय जना थपिएको बताउनुभयो । पार्टि फुटेको नभई पार्टिबाट नगन्य मान्छे अलग भएको पौडेलको भनाई छ । नेकपा एमाले कमजोर नभएको र मुलुक कै सबैभन्दा शत्तिशालि पार्टि भएको समेत उहाँले बताउनुभयो ।

नेकपा एमाले केन्द्रिय सदस्री एबम बागमती सहइन्चार्ज समेत रहनुभएका नेता पौडेलले पार्टि विभाजन गर्ने र पार्टिलाई यो अवस्था सम्म लेराउनका लागि देशि विदेशि प्रतिक्रियाबादी शक्तिले नभई माधव नेपालले पार्टि टुक्राउने, सरकार ढाल्ने काम गरेको बताउनुभयो।

समृद समाज र सुखि नेपाली राष्ट्रिय संकल्प भएको साथै समृद्ध देश र सुखि नेपाली बनाउनका लागि कार्याशैलि, विचार बदल्नु पर्ने पौडेलको भनाई छ । मुलुकलाई परिवर्तन गर्ने, सामाजिक, आर्थिक रुपान्तरण गर्ने अहिलेको महत्वपुर्ण कुरा भएको उहाको दाबी छ ।

अहिले बनेको पाँच दलिय गठबन्धन कुनैपनि टिक्न नसक्ने र टुक्राटुक्रा भएर जाने पौडेलको दाबी छ । गठबन्धनले एमालेलाई हराउन नसक्ने र चुनाब लड्ने आट नभएर पाँच दलिए गठबन्धन बनेको पौडेलको भनाई छ । यसैगरि उद्घाटन समारोहमा बोल्दै नेकपा एमाले मकवानपुर जिल्ला कमिटिका अध्यक्ष बद्री लम्सालले एमाले विभाजन भए पश्चात नेकपा एमाले अझै सुदृण र मजबुद, एकताबद्ध नेकपा एमाले बनाउन कार्यकर्ताहरु सक्रिय भएको बताउनुभयो ।

गाउँ कमिटीका अध्यक्ष तेज प्रसाद लंसालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर गढी गाउपालिकाका अध्यक्ष बिदुर हुमागाई, उपाध्यक्ष हर्कमाया रुम्बा, एमाले प्रदेश कमिटी सदस्य नबराज तिमल्सिना,रामजी सापकोटा, अनेरास्ववियु अध्यक्ष विशाल पौडेल, एमाले जिल्ला सदस्यहरु प्रकाश दाहाल, मेम्बर लो, रमिला घलान, अनेमसङ्घ जिल्ला सदस्य शारदा तिम्ल्सिनालगायतको सहभागिता थियो ।

यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १९६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेता पौडेल, जिल्ला अध्यक्ष लम्साल लगायतले स्वागत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*