सांग्रिला बैंक हेटौंडा शाखाद्वारा वडा नं.१४ मा निशुल्क आँखा शिविर संचालन

छहारी संवाददाता
कार्तिक १३, २०७८

हेटौंडा १४ मयुरधापमा रहेको जनज्योति माध्यमिक विद्यालयमा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक हेटौंडा शाखाको प्रायोजन तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहप्रायेजनमा आँखा शिविर संचालन भएको हो । सांग्रिला विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसारमा गरेको सप्ताहव्यापी विविध कार्यक्रम अन्तर्गत आज निशुल्क आँखा शिविर सम्पन्न गरेको जनाएको छ ।

बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म संचालन गरिएको शिविरमा हेटौंडा १४ लगायत जिल्लाका विविध क्षेत्रका ८० महिला र ७० पुरुष गरी कुल एक सय पचास जनाले निशुल्क आँखा परिक्षण गराएका थिए । आँखा परिक्षण गराएका मध्ये २१ जनाको शल्यक्रिया गर्नुपर्ने खालको मोतिविन्दुको विरामी भेटिएकाले उनीहरुको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क उपचार गरिने बैकले जनाएको छ ।

कार्यक्रममा बैंकका शाखा प्रबन्धक रुपक मैनालीले अस्पताललाई मायाको चिनो प्रदान गर्नु भएको थियो । बैंकले आगामी दिनहरुमा समेत जनतासंग प्रत्यक्ष सरोकारका विषयमा सामाजिक उतरदायित्व बहन गर्दै जाने बैंकका प्रबन्धक मैनालीले बताउनुभयो । सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशका १०० शाखा र मकवानपुरमा २ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*