याे गठबन्धन काँचो धागोले बाँधेको होइन, मजबुत छ: नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएकाे बताउनु भएकाे छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले याे गठबन्धन मजबुत रहेकाे बताउनु भएकाे हाे ।साथै उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताउनु भएकाे छ । उहाँले प्रदेश-१ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिर्गमन हुने पनि बताउनु भयाे ।
प्रदेश-१ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उहाँले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाउनुभयो । उहाँले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको बताउनु भएकाे छ । साभारः उज्यालो अनलाइन ।