एकीकृत समाजवादीका नेता पाण्डेद्वारा बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण

मन्त्रीहरु खनाल, भँडेल र मोक्तानले पनि लिए सपथ
छहारी संवाददाता
कार्तिक ११, २०७८

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्नु भएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई सपथ ग्रहण गराउनु भएको हो । मुखयमन्त्रीको सपथ लिएसंगै पाण्डेले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्नुभएको छ ।

नवगठित मन्त्रिमण्डलमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी कृष्णप्रसाद खनाललाई, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी कृष्णलाल भँडेललाई र सामाजिक विकास नत्रालयको जिम्मेवारी कुमारी मोक्तानलाई दिइएको छ ।

खनाल नेकपा एकिकृत समाजवादीबाट, भँडेल नेपाली कांग्रेसबाट र मोक्तान नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नुभएको हो । कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नु भएको हो । तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*