एमालेको दशौं महाधिवेशनमा उद्घाटनपछि सिधै मतदान
नेकपा एमालेले उद्घाटनपछि सिधै निर्वाचन गर्ने गरी दशौं महाधिवेशनको तयारी गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने पार्टीको दशौं महाधिवेशनको उद्घाटनपछि निर्वाचन प्रक्रिया शुरु हुने भएकाले यो महाधिवेशन विगतको भन्दा फरक हुने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
‘वैचारिक बहसका लागि विधान महाधिवेशन गर्ने निर्णय २०७१ मा भएको पार्टीको नवौं महाधिवेशनको नै हो,’ पाण्डेले भने, ‘एमाले नयाँ–नयाँ प्रयोग गर्ने पार्टी हो । यो प्रयोग कति सही या गलत हुन्छ, महाधिवेशनपछि नै थाहा होला ।’
गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको विधान महाधिवेशनमा पनि असन्तुष्ट पक्षहरुको आवाज बलियोसँग उठ्न सकेको थिएन । एमालेले दशौं महाधिवेशनमा २२५ केन्द्रीय सदस्यका लागि करिब ५ सय जनाको उम्मेदवारी पर्ने आँकलन गरेको छ । साभारः अनलाइन खबर डटकम ।