प्रधानन्यायाधीशको एकल इजलासमा सुनुवाइ

छहारी संवाददाता
कार्तिक १०, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज बुधवार सुनुवाइ भएको छ । अरू इजलासमा भने सुनुवाइ हुन सकेको छैन । अस्ति साेमवार र हिजाे मङ्गलवार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोक्नुभएको छ । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन । पेसीमा तोकिएको ठाउँमा बेन्च बस्न नसकेको भनेर उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र ती प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले इजलास सुनुवाइ गर्न इन्कार गरेका छन् ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बताउनुभएको छ । उहाँले न्यायाधीशहरूलाई संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*