अष्ट्रेलियाले नागरिकमाथि लगाएको यात्रा सम्बन्धी प्रतिबन्ध हटाउँदै
अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकमाथि लगाएको यात्राको प्रतिबन्ध हटाउने भएको छ ।
कोरोना महामारीका कारण अनुमति बिना अष्ट्रेलियाबाट अर्को देश जानका लागि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो हप्तादेखि हटाइने त्यहाँको सरकारले जनाएको छ ।
आउँदो नोभेम्बर १ तारिखदेखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरुको हकमा भने प्रतिबन्ध हट्ने छैन ।
यस्तै सन् २०२१ को अन्तसम्ममा विदेशी दक्ष कामदारलाई स्वागत गर्ने तयारीमा आफूहरु रहेको पनि अष्ट्रेलियाले जनाएको छ । साभारः उज्यालो अनलाइन ।