नेकपा एमाले मकवानपुरको ९७ वटा वडामा अधिवेशन सम्पन्न, ५ वडामा आज हुँदै

छहारी संवाददाता
कार्तिक ७, २०७८

नेकपा एमालेले शनिबार मकवानपुरका ९७ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । सबैजसो वडामा सर्वसम्वत ढंगले कार्यसमिति चयन गरिएको एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिएका छन् । ५ वडाको अधिवेशन पनि आज सम्पन्न हुने बताइएको छ ।मकवानपुरका दश वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएका भएको हो ।

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर १ को अध्यक्षमा उत्तमप्रसाद पौडेल चयन भएका छन् । पौडेल नेतृत्वको नयाँ कमिटीको कमिटिको उपाध्यक्षमा जगतबहादुर थिंग, सचिवमा नारायण सुनुवार, उपसचिवमा रुपा ढुंगना र महम्वत सफिक चयन भएका छन् । सदस्यहरुमा विनोद कौटिल्य, इन्साफ केसी, दिपक घिमिरे, अनिल काफ्ले, राजेन्द्र लामा, मायादेबी गौतम लगाएतका रहेका छन् ।

त्यस्तै हेटौँडा २ को अध्यक्षमा रामकृष्ण तिमल्सिना चयन भएका छन् । आजको वडा अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ३४ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटिको उपाध्यक्षमा मिनराज पौडेल, सचिव रेणु श्रेष्ठ (गरुङ्ग), उपसचिव राम प्रसाद ढोडारी र विषलाल खड्गी निर्विरोध चुनिएका छन् । अधिवेशनमा १०५ जना संगठित सदस्यको उस्पस्थिति रहेको थियो । अधिवेशन बागमती प्रदेश कमिटी सदस्य भोजराज ढकालको प्रमुख आतिथ्यता तथा जिल्ला सचिवालय सदस्य मदन दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

यसैगरी एमाले हेटौँडा ३ को अध्यक्षमा माधव बर्तौला चयन भएका छन् । वडा अधिवेशनको हेटौँडा –३ कमिटीको उपाध्यक्षमा राजेन्द्र बर्तौला, सचिवमा बसन्तकुमार घलान, उप–सचिवमा इन्दीरा थपलिया र देबेन्द्र बर्तौला चयन भएका छन् । अधिवेशनमा विभिन्न पार्टी परित्याग गर्दै १ सय जना एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला सचिवालय सदस्य फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको भेलामा वडा अध्यक्ष रामकुमार पुडासैनीको विशेष आतिथ्यता रहेको थियो ।

यसैगरी एमाले हेटौँडा ४ को अध्यक्षमा राजेन्द्र बस्ताकोटी चयन भएका छन् । वडा अधिवेशनले बस्ताकोटीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटीको उपाध्यक्षमा नानिराम अर्याल, सचिवमा प्रकाश सुवेदी उप–सचिवहरुमा विक्रम लामिछाने र गिता त्रिपाठी चयन भएका छन् । वडा अधिवेशन भएका मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

त्यस्तै हेटौंडा ७ को अध्यक्षमा कुलप्रसाद त्रिपाठी चयन भएका छन् । शनिवार सम्पन्न अधिवेशनले त्रिपाठीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा उर्मिला लामा, सचिवमा सुशील सुवेदी, सहसचिवहरुमा किरण लामिछाने र रेखा मैनाली चयन भएका छन् । वडा कमिटी अध्यक्ष सोम बहादुर तामाङको अध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला कमिटी अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीको बिधान बमोजिम विभिन्न कमिटीमा रही लामो समय क्रियाशील भई उमेरले ७० बर्ष कटेका जेष्ठ सदस्य एवं ७ नम्बर वडा कमिटी अध्यक्ष सोम बहादुर तामाङ र वडाका नेता प्रेम प्रसाद गौतमलाई कदरपत्रसहित सम्मान गरिएको थियो । उनीहरुलाई एमाले जिल्ला कमिटी अध्यक्ष बद्री लम्साल, जिल्ला सचिवालय सदस्य राजन थापाले सम्मान गरे ।

नेकपा एमाले बकैया गाउँपालिका वडा नम्वर ४ को अध्यक्षमा मिनबहादुर आलेमगर चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको अन्तरगत बकैया ४ मा भएको अधिवेशनले आलेमगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा कुमारी लो,, सचिवमा दिपकप्रसाद घिमिरे उप–सचिवहरुमा प्रमिला तिमल्सिना दाहाल र दिपक दुलाल चयन भएको एमाले जिल्ला सदस्य सुस्मिता घोरासैनीले बताइन् ।

त्यस्तै बकैया ३ को अध्यक्षमा बाबुराम डंगोल चयन भएका छन् । शनिवार सम्पन्न अधिवेशनले डंगोलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटिको उपाध्यक्षमा पार्वती दर्नाल, सचिवमा पुष्पराज गौतम उप–सचिवहरुमा शोभा भोम्जन र प्रेमबहादुर थोकर चयन भएका छन् । एमाले मकवानपुरका जिल्ला सदस्य प्रेमबहादुर डिमडुमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन सम्पन्न भएको हो ।

यता, मनहरी गाउँपालिकाको ९ वटै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । १ नम्वर वडामा कृष्ण उप्रेती, २ मा निमा थिङ्, ३ मा अनिल पुडासैनी, ४ मा कृष्णबहादुर तितुङ्, ५ मा सोमलाल रुम्बा, ६ मा सुन्दर लामा, ७ मा नारायण सिंह घिसिङ्, ८ मा सुर्यलाल स्याङ्तान र वडा नं ९ मा विश्वराज रानामगर चयन भएका छन् । मनहरीको ९ वटै वडाहरुमा ३१ सदस्यीय कमिटी बनाइएको छ ।

एमाले हेटौंडा–१३ नम्वर वडाको अध्यक्षमा भिमबहादुर थिङ् चुनिएका छन् । त्यस्तै उपाध्यक्षमा आशिष थापा, सचिवमा उद्धब दङ्गाल, उपसचिव बिष्णु परियार र उपसचिव बिष्णुहरि मिश्रसहित ३७ सदस्यीय कमिटी निर्माण गरिएको एमाले जिल्ला सदस्य प्रकाश दाहालले जानकारी दिए । साभारः तुखबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*