मकवानपुरमा एमालेको वडा अधिवेसनः १०१ वडामा सर्वसम्वत, १ वडामा चुनाव
नेकपा एमालेको वडा अधिवेशन मकवानपुरमा सम्पन्न भएको छ । वडा अधिवेशनले मकवानपुरमा एक सय एक वटा वडामा सर्वसम्वत रुपमा नेतृत्व चयन गरेको छ । तर एउटा वडामा मात्र मतदान भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ मा मात्र चुनाब भएको हो । अरु सबैजसो वडामा सर्वसम्वत चयन गरेको हो । हिजो एकै पटक एकै साथ मकवानपुरका सबैजसो वडामा अधिवेसन सम्पन्न भएको एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।
एमालेको विधान महाधिवेशनबाट पारित विधानअनुसार वडा स्तमा कमिटि बनेका छन् । तोकिएको भन्दा कम सदस्य चयन गरिएको तर, बढी सदस्य कार्यसमितिमा चयन गरिएको छैन । । स्थानीय चुनावका लागि एमालेको यो सबैभन्दा ठूलो शक्ति हुनेछ । सर्कुलरमा संविधान जारी भएपछि नयाँ संरचनामा अधिवेशन हुन लागेकाले पालिका र वडा अधिवेशनलाई पहिलो अधिवेशन मान्न निर्देशन दिइएको थियो । अधिवेशन सहजीकरणका लागि जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकिएको थियो ।
एमालेले कात्तिक ९ मा देशभरका ७ सय ५३ पालिकामा पालिकास्तरीय अधिवेशन गर्दै छ । महानगरमा १ सय १ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय तथा गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय कमिटी रहने विधानमा छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको दसौं महाधिवेशन चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनमार्फत एमालेले पार्टीको नीति, विचार र विधान पारित भएकाले महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ । विधान महाधिवेशनले चुनावकेन्द्रित राजनीतिक र सांगठनिक योजना पनि बनाएको छ ।
लाई एकल बहुमतप्राप्त ठूलो दलका रूपमा स्थापित गर्ने संकल्प पारित गरेको थियो । ‘आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरूलाई आह्वान गर्दछ,’ महाधिवेशनबाट पारित प्रस्तावमा छ ।
विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न र सुझाव सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पनि तीनवटै तहको चुनावमा पार्टीलाई सुदृढ बहुमतको स्थानमा पुर्याउने गरी तयारीको काममा जुट्न आह्वान गरेका थिए । ‘हामीले अब स्थानीय तहको निर्वाचन जित्नै पर्नेछ । संघीय र प्रदेश तहका निर्वाचन जित्नुपर्नेछ र त्यहाँ हामीले अत्यधिक सफलता प्राप्त गर्नुपर्नेछ । सकेसम्म सबै प्रदेश सरकार र केन्द्रीय सरकारमा हामीले वर्चस्व जमाउनुपर्नेछ, बहुमतको एमालेको सुदृढ संघीय सरकार बनाउनुपर्नेछ । यी कार्यभारलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेछ,’ ओलीले भनेका थिए ।
महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न २०७७ चैत मसान्तसम्म संगठित सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने मापदण्ड बनाइएको छ । प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायतका विषयमा छलफल गर्न कात्तिक ११ मा स्थायी कमिटी र कात्तिक १२ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।