माओवादी शक्तिशाली पार्टी बन्छः केन्द्रिय सदस्य कुमारी मोक्तान
नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानले देश माओवादीको एजेण्डाअनुसार चलेकाले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने बताउनु भएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी हेटौंडा ९ को शनिबार आयोजित प्रथम वडा सम्मेलनको उदघाटन गर्दै उहाँले नेपालमा विचारको हिसाबले माओवादी सबैभन्दा उत्कृष्ट रहेको भन्दै आमनेपालीको पार्टी बन्ने दाबी गर्नुभयो । राष्ट्रियता, जनता, महिला, दलित, आदिवासी जनजाति, मधेशी, उत्पीडित बर्गको उत्थानको लागि पार्टीले महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै उहाँले विगतमा पार्टी विभाजन भएपनि चाँडै सबै गोलबद्ध हुने जिकिर गर्नुभयो ।
दश बर्षे जनयुद्धमार्फत् धेरै उपलब्धीमध्ये महिलाको ३३ प्रतिशत आरक्षणपनि एक रहेको भन्दै बागमती प्रदेशकी सांसदसमेत रहनु भएकी मोक्तानले ५० प्रतिशत महिला आरक्षण माग गर्ने एकमात्र संगठन अनेमसंघ क्रान्तिकारी रहेको बताउनुभयो । बर्तमान केन्द्र सरकारमा सबैभन्दा धेरै महिला मन्त्री माओवादीले बनाएको भन्दै उहाँले मकवानपुरमा १ नम्बरको पार्टी बनाउँने अभियानमा रहेको समेत बताउनुभयो ।
यसैबिच, अनेमसंघ क्रान्तिकारीको वडा सम्मेलनले मञ्जु देवकोटाको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अञ्जु न्यौपाने, सचिवमा दिलकुमारी तामाङ, कोषाध्यक्षमा रसिला ढकाल लगायत रहेका छन् ।
अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० हेटौंडा ९ की अध्यक्ष गौरी राईको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका हेटौंडा नगर ईन्चार्ज विवेक राई, नगर अध्यक्ष तिर्थ बहादुर थापा मगर, अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०की केन्द्रीय सदस्यहरु रञ्जना श्रेष्ठ, लक्ष्मी माझी, हेटौंडा नगर अध्यक्ष लक्ष्मी पाख्रिन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।