यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

छहारी संवाददाता
कार्तिक ७, २०७८

यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ । कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो ।

सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ । सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तान क्रिकेट मैदानमा उत्रँदा यसले धेरै अर्थ राख्छ । भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएको छ । खेल क्षेत्रमा पनि यसको असर प्रष्ट देखिन्छ ।

त्यसैले क्रिकेट मैदानमा पनि यिनीहरु लडाइ लडे जसरी उत्रने गर्छन् । जसको असर खेल क्षेत्रमासमेत देखिने गरेको छ । यस खेललाई जित र हात मात्र नभएर प्रतिष्ठाको लडाइको रुपमा समेत हेरिन्छ ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन् । टी-२० मा भने यी दुई टोली २०१६ को विश्वकपमा भिडेका थिए । दुवै खेल भारतले जितेको थियो ।

भारत  र पाकिस्तानबीचको खेलअघि ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । साभारः अनलाइन खबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*