राष्ट्रिय राजनीतिमा एमालेलाई कसैले हराउन सक्दैनः नेता पौडेल

छहारी संवाददाता
कार्तिक ६, २०७८

नेकपा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख एवं संविधानसभा सदस्य अनन्त पौडेलले देशको कायापलट गराउने नेकपा एमाले मात्र भएको बताउनुभएको छ ।

शानिबार हेटौंडा १३ को वडा अधिवेशनमा उहाँले समृद्ध नेपाल सुखी नेपालीका लागि एमाले नेतृत्वको सरकार आवस्यक रहेको बताउनुभयो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका बेला जस्तो विकास अन्य कसैको पालामा हुन नसक्ने उहाको दाबी थियो ।

पौडेलले एमालेका केही गद्दार नेताहरूले अर्को पार्टी गठन गरेर एमाले कमजोर बनाउने प्रयास गरेपनि त्यो सपना पूरा नहुने टिप्पणी गर्नुभयो । केही नेताहरूले धोका दिएपनी जनताले सधै माया गरीरहेकोले राष्ट्रिय राजनीतिमा एमालेलाई कसैले हराउन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।

आजको अधिवेशनबाट पुन भिमबहादुर थिङ्को अध्यक्षतामा ३७ सदस्यीय कमिटी निर्बिरोध चयन भएको छ । जसको उपाध्यक्षमा आशिष थापा, सचीवमा उद्धब दङ्गाल, उपसचिव बिष्णु परीयार र बिष्णु हरि मिश्र रहेका छन् ।

नेकपा एमाले बागमती प्रदेश सङ्गठन बिभाग प्रमुख एबम संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष भिमबहादुर थिङ्को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य इन्द्र नेपाल, जिल्ला सदस्य प्रकाश दाहाल, कृष्ण खतिवडा, मनमाया अधिकारीलगायतको सहभागीता थियो । निर्बिरोध निर्वाचित कमिटीलाई नेता पौडेलले सपथ ग्रहण गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*