प्रधानन्यायाधीश जबरालाई नेपाल बारको १५ दिने ‘अल्टिमेटम’

गोला प्रथाबाट पेशी तोकिनुपर्ने
छहारी संवाददाता
कार्तिक ६, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई न्यायालय सुधारको प्रतिवद्धता  जनाउनका लागि १५ दिनको समय दिइएको छ ।

शुक्रबार नेपाल बार एशोसिएसनको बैठकले प्रधानन्यायाधीश जबरालाई न्यायालय सुधारको प्रतिवद्धता व्यक्त गर्न १५ दिनको समय दिदै त्यो भन्दा पर गएमा विश्वास गर्न नसकिने विकल्पको खोजी गर्ने निर्णय गरेको छ ।

बारले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवेदन तत्काल लागू गराउने समयसिमासहितको प्रतिवद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था रहँदैन । यस स्थितिमा सर्वोच्च अदालतले उल्लेखित प्रतिवेदन कार्यान्वयनको प्रतिवद्धता तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।’

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बसेको बैठकले प्रतिवेदनमा उच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्न सुझाव पनि दिइएको छ । नेपाल बारले गोला प्रथा प्रणाली लागूबारे प्रधान्यायाधीश जबरासँग आइतबार छलफल गर्ने निर्णय पनि गरेको छ। साभारः न्युज २४ अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*