बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसले २५ हजार दिने

छहारी संवाददाता
कार्तिक ४, २०७८

नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ।

पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने बताएको हो।

संयोजक मोहनबहादुर बस्नेतले विज्ञप्ति निकालेर बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने उल्लेख गरेका छन्।

कांग्रेसले यसअघि पनि विपदमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो।

बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*