बकैयाका विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान

छहारी संवाददाता
अशोज १०, २०७८

मुलुकमा ‘रेड ट्याक्स’को बहस चलिरहेका बेला मकवानपुरको बकैया गाउँपालिका अन्तर्गतका विद्यालयमा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्न थालिएको छ ।

‘महिनावारीले सफलता नछेकोस्’ भन्ने हेतुका साथ गाउँपालिका अन्तर्गतका सबै माध्यमिक विद्यालयहरुमा मेसिन राख्न लागिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो ।

आइतबार हात्तीसुँडेस्थित गाउँपालिका कार्यालयमा मेसिन जडान गरी अभियानको सुरुवात गरिएको छ । विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरणलाई सरल, सहज र व्यवहारिक गराउन मेसिन जडान गर्न लागिएको हो ।

मेसिनमा दुई रुपैयाँको सिक्का राखेर प्याड लिन सकिनेछ । प्याड निःशुल्क वितरण गरिने हुँदा मेसिनमै सुरक्षित रहने उक्त सिक्कालाई प्रयोगकर्ताले पुनः प्रयोग गर्नेछन् । साथै, प्रयोग गरिसकेको प्याड नजिकै जडान गरिएको डिस्पोजल मेसिनबाट नष्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्याड डिस्पोजल मेसिन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*