नयाँ नेतृत्व चयन गर्दै मकवानपुरका १० वटै पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार मकवानपुरको १० वटै पालिकामा नयाँ नेतृत्व चयन गर्दै पालिकास्तरिय अधिवेशन सम्पन्न भएको छ ।
मकवानपुरको १० वटै स्थानीय तहमा शान्त वातावरणमा अधिवेशन तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको कांग्रेस मकवानपुरले जनाएको छ । अधिवेशानबाट बकैया गाउँपालिका र ईन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको कांग्रेसले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित बाँकी गाउँपालिकामा निर्वाचन प्रकृयाबाट नयाँ कार्यसमिति निर्वाचन गरेको छ ।
जिल्लाका १०२ वटा वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधि र सभापतिहरुले पालिकाको नयाँ कार्य समितिको चयनका लागी निर्वाचन प्रकृयामा भाग लिएका थिए ।
कांग्रेसको हेटौंडा नगरमा सभापतिमा उत्सव इटेनी
नेपाली कांग्रेस हेटौंडा नगर सभापतिमा उत्सव इटेनी विजयी भएका छन् । शनिबार सम्पन्न हेटौंडा उपमहानगरको अधिवेशनले हेटौंडा नगर सभापतिमा इटेनीलाई निर्वाचित गरेको हो ।
उनले सभापतिका अर्का उम्मेदवार महेन्द्र राउतलाई १५२ मत अन्तरले पराजित गरेका हुन् । नगर सभापतिमा विजयी उत्सव इटेनीले २८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १३२ मत प्राप्त गरे । यसैगरी उपसभापतिमा डोल्मा स्याङ्बोले २५७ र रामकृष्ण कोइरालाले ३०० मत प्राप्त गरी विजयी भए । उपसभापतिका प्रत्यासी ज्योती कोइराला १२६ र शेशन गोले ९३ मत प्राप्त गरे ।
यसैगरी सचिवमा कुमार पोखरेलले १६३ गंगा प्रसाद पौडेलले ११० मत, सविन न्यौपानेले २९७ मत र हर्क रत्नलामाले २२२ मत प्राप्त गरेका छन् । २९७ मत र २२२ मत प्राप्त गरी न्यौपाने र लामा सचिव पदमा निर्वाचित भए ।
यस्तै सहसचिवमा अञ्जनी पराजुलीले १५७ मत, निगम श्रेष्ठले २५८ मत विकास बानियाँले २६५ मत र राजकुमार जोशीले ८४ मत प्राप्त गरेका छन । इटेनी प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठ र बानियाँ सहसचिव पदमा निर्वाचित भएका हुन । ४२३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने नगर अधिवेशनमा ४२१ मत मात्र खसेको थियो ।
थाहा नगर समितिको सभापतिमा प्रमोद जोशी
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर समितिको सभापतिमा प्रमोद जोशी निर्वाचित भएका छन् । जोशीले १ सय ९ मत ल्याई निर्वाचित भएका हुन् । उहाँको निकटतम प्रतिद्वन्द्वी भरत गोपालीले ८१ मत प्राप्त गरे ।
नगरसमितिको २ उपाध्यक्ष पदमा नवराज कार्की र उद्धब लामिछाने निर्वाचित भएका छन् । कार्कीले १ सय १४ र लामिछानेले १ सय २ मत प्राप्त गरे । उपाध्यक्ष कै अर्का उम्मेदवार सोम प्रसाद गर्तौलाले ८९ मत प्राप्त गरेका छन् ।
यसैगरी २ सचिब पदमा भिमसेन मोक्तान र कर्ण बहादुर गोपाली निर्वाचित भएका छन् । मोक्तानले १ सय १२ र गोपालीले १सय ४ मत प्राप्त गरे । सचिब पदकै उम्मेदवार बिन्दुलाल थिङले ८४ र शशि कुमार दोङ ले ५६ मत प्राप्त गरेका थिए ।
२ जना सहसचिव पदमा सत्यदेवी स्याङतान र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्याङ्तानले १ सय ६५ र श्रेष्ठले ९५ मत प्राप्त गरेका थिए । सहसचिव पदकै उम्मेवार ध्रुब कुमार भट्टले ४६ र रामचन्द्र भोम्जनले ४७ मत प्राप्त गरेका थिए । थाहा नगर समितिका लागि ५३ जना सदस्यहरुमा सबै सर्वसम्मत निर्वाचित भएका छन् ।
बकैया गाउँपालिकामा दिलबहादुर भोम्जन
कांग्रेसको बकैया गाउँपालिका सभापतिमा दिलबहादुर भोम्जन सर्वसहमत चयन भएका छन् । सभापति पदमा ४ जनाको दावी रहेकोमा अन्तिममा सहमति जुटेको थियो ।
कांग्रेस उपसभापतिमा सोम तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम दुलाल र सुनिल दर्लामी, सहसचिवमा कमल घले र युवराज थापा तथा कोषाध्यक्षमा निर्मला राई सर्वसम्मत चयन भएका छन् । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालसहितका कांग्रेस नेताहरुको प्रयासपछि ६० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
ईन्द्रसरोवर गाउँपालिकामा विश्व लामा
कांग्रेसको ईन्द्रसरोवर गाउँपालिका सभापतिमा विश्व लामा चयन भएका छन् । उपसभापतिमा कृष्णबहादुर भोम्जन र किशोर बस्ताकोटी, सचिवमा कृष्ण महर्जन र अर्जुन बानियाँ तथा सहसचिवमा वसन्ती स्याङ्तान र सूर्य पाख्रीन चयन भएका छन् ।
अधिवेशनले ३२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस नेताहरुले अधिवेशन अघि नै सहमतिको प्रयास गरेका थिए ।
मनहरी गाउँपालिकामा प्रकाश बर्तौला
मनहरी गाउँपालिकामा भने निर्वाचन मार्फत प्रकाश बर्तौला निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार शंकर न्यौपानेलाई हराउँदै बर्तौला निर्वाचित भएका हुन् । बर्तौलाले ८२ मत प्राप्त गर्दा न्यौपानेले ६१ मत ल्याएका थिए । १८ मत बदर भएको थियो ।
बाँकी पद भने सर्वसम्मतिमा टुंगिएको हो । उपसभापतिमा सूर्यबहादुर रोक्का, उत्तमबहादुर थापा (राजु), सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही ठकुरी, सहसचिवमा चट्टान स्याङ्तान र गंगा कोइराला सर्वसम्मत चयन भएका छन् ।
भीमफेदी गाउँपालिकामा सञ्जिव श्रेष्ठ
भीमफेदी गाउँपालिकामा सञ्जिव श्रेष्ठ निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार नारायण थापालाई १८ मतले हराउँदै श्रेष्ठ पालिका सभापतिमा निर्वाचित भएका हुन् । श्रेष्ठले ८६ मत प्राप्त गर्दा थापाले ६८ मत पाएका थिए । २ मत बदर भएको थियो ।
यस्तै उपसभापतिमा रुद्र वाइबा र जब्बरसिंह लामा, सचिवमा सुमित्रा थिङ र सुन्दर गोले, सहसचिवमा सुमित्रा नेगी र मन्जु भोलन तथा कोषाध्यक्षमा हरि लामा सर्वसम्मत चयन भएका छन् । भीमफेदीमा सभापति पदमा मात्रै निर्वाचन भएको थियो ।
मकवानपुरगढी गाउँपालिकामा राजबीर मोक्तान
नेपाली कांग्रेसको मकवानपुरगढी गाउँपालिकामा राजबीर मोक्तान निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार अर्जुनप्रसाद दाहाललाई ३७ मत अन्तरले पराजित गर्दै मोक्तान निर्वाचित भएका हुन् । मोक्तानले ८७ मत प्राप्त गर्दा दाहालले ५० मत मात्रै प्राप्त गरेका थिए ।
यस्तै उपसभापतिमा सुशीला फुयाँल र थलनाथ घिमिरे निर्वाचित भएका छन् । फुयाँलले १०१ र घिमिरेले ९० मत ल्याएका थिए । उपसभापति पदका अर्का उम्मेदवार मन्दिरा केसीले ६६ मत ल्याइन् ।
पालिकाको सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा तथा सहसचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल भने सर्वसम्मत रुपमा चयन भएका छन् । १३८ मत रहेको मकवानपुरगढी गाउँपालिकामा १३७ मत खसेको थियो ।
बागमती गाउँपालिकामा फणिन्द्र तिमल्सिना
कांग्रेसको बागमती गाउँपालिका सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार डिल्लीप्रसाद घोरासैनीलाई १६ मतले पराजित गर्दै तिमल्सिना निर्वाचित भएका हुन् । तिमल्सिनाले ७७ र घोरासैनीले ६१ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा जगतबहादुर भोलन र मंगलबहादुर वाइबा निर्वाचित भएका छन् । भोलनले ७९ र वाइबाले ७७ मत प्राप्त गर्दा उपसभापति पदका अर्का उम्मेदवार शम्भु राईले ६८ मत प्राप्त गरे ।
यस्तै सचिवमा सुदिप पाख्रिन र सिरिप राई विजयी भएका छन् । पाख्रीनले १०० र राईले ४० मत प्राप्त गर्दा सचिव पदका उम्मेदवारहरु लोकबहादुर विकले ३८, मणिराज राईले ३८ र रामबहादुर आलेले २२ मत प्राप्त गरे । सहसचिवमा धनमाया ठाडा र बीरबहादुर थोकर सर्वसहमत चयन भएका छन् । १५१ जना मतदाता सङ्ख्या रहेको बागमती गाउँपालिकामा १३७ मत खसेको थियो ।
कैलाश गाउँपाकिलामा राजेन्द्र घिसिङ
कांग्रेस कैलाश गाउँपालिका सभापतिमा राजेन्द्र घिसिङ भारी मतसहित निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार गुणराज स्याङ्तानलाई ११२ मत अन्तरले पराजित गर्दै घिसिङ निर्वाचित भएका हुन् । घिसिङले १३७ मत प्राप्त गर्दा स्याङ्तानले जम्मा २५ मत प्राप्त गरे ।
उपसभापतिमा मानबहादुर वाइबा र कामीसिंह स्याङ्तान विजयी भएका छन् । वाइबाले १३२ र स्याङ्तानले ११६ मत प्राप्त गर्दा उपसभापतिकै उम्मेदवारहरु जीवन लोप्चनले ४० र श्यामबहादुर वाइबाले २४ मत प्राप्त गरे ।
सचिवमा आशिष प्रजा र प्रकाश राना मगर विजयी भए । प्रजाले १२२ र मगरले ११२ मत प्राप्त गर्दा सचिवका उम्मेदवारहरु तेजबहादुर ब्लोनले ४४ र चन्द्रलाल थिङले ३६ मत प्राप्त गरे ।
कांग्रेस कैलाश सहसचिवमा विश्वनाथ थापा र देवचन्द्र प्रजा निर्वाचित भए । थापाले ११२ र प्रजाले १०० मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेदवार क्षेत्रबहादुर प्रजाले ५० मत प्राप्त गरे । १८४ जना मतदाता संख्या रहेको कैलाश गाउँपालिकामा १७८ मत खसेको थियो ।
राक्सिराङ गाउँपालिकामा बिरेन्द्र जिम्बा
नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका १४ अधिबेशन बाट सभापति बिरेन्द्र जिम्बा निर्वाचित भएका छन् । जिम्बाले सभापतिको अर्का प्रत्यासी विरेन्द्र कुमार थिङलाई १० मतले पछिपार्दै विजयी भएका हुन् । जिम्बाले ८१ र थिङले ७१ मत प्राप्त गरेका छन् ।
यस्तैगरी उपसभापतिमा मोहन नगरकोटी र बुद्ध राम मोक्तान, सचीवमा कोपिला गोले र महेश प्रजा तथा सह सचीवमा ज्ञान बहादुर ब्लोन र बिपि माया मोक्तान निर्वाचित भएका छन् । साभारः प्रष्टखबर डटकम ।