युवा नेता मैनालीद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

छहारी संवाददाता
अशोज ८, २०७८

नेपाली कांग्रेसका युवा नेता राज मैनाली ‘दिनेश’ले नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत् मकवानपुर संघीय क्षेत्र नम्बर–२ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

हेटौंडा–१, चौकीटोल निवासी मैनाली पछिल्लो समय कांग्रेसका युवा वृत्तमा लोकप्रिय हुनुहुन्छ । ‘कांग्रेस नेपाली जनताको हरेक परिवर्तनका साक्षी हो । पछिल्लो समय पार्टीमा बढ्दो गुटबन्दीको अन्त्य गर्न युवाहरु नेतृत्वमा आउन जरुरी रहेको छ । त्यसकारण मैले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको हुँ ।’, युवा नेता मैनालीले आफू निर्वाचित भएसँगै पार्टीभित्र युवाहरुलाई सहि स्थानमा नेतृत्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मकवानपुर जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको अवस्थामा पार्टीप्रति आस्था राख्ने सक्षम युवाहरुलाई समेट्न पनि आफू नेतृत्वमा आउन जरुरी रहेको औंल्याउनुभयो । ‘जिल्लामा कांग्रेसको प्रभाव बढिरहेको छ । नजिकिँदै गरेको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनबाट युवाहरुलाई राजनीतिकको मूल धारमा ल्याउन पहल गर्नेछु ।’, मैनालीले पार्टीभित्रको गुट, उपगुटको अन्त्य गर्दै कांग्रेसलाई स्वच्छ र एकढिक्का बनाएर अगाडि बढाउन उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

‘राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता हाम्रो पार्टीको मूल नारा हो । हामी युवाहरु यसै नारालाई आत्मसाथ गर्दै अगाडि बढ्न जरुरी रहेको छ । पार्टीभित्र पछिल्लो समय सिद्धान्तभन्दा व्यक्ति बढी हावी भइरहेको छ । त्यसकारणले गर्दा यस अधिवेशनबाट सवल र सक्षम युवाहरु नेतृत्वमा आउनु आवश्यक रहेको छ ।’, उहाँले भन्नुभयो ।
मैनाली निर्माण व्यवसायी हनुहुन्छ । उहाँ निर्माण व्यवसायी संघ मकवानपुरका निर्वाचित सदस्य समेत रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*