नेता पौडेलद्वारा नगर सचिव पदमा उम्मेदवारी घोषणा

छहारी संवाददाता
अशोज ७, २०७८

नेपाली कांग्रेस मकवानपुरका युवा नेता गंगाप्रसाद पौडेलले पार्टीको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार कार्यकर्तासंग भेटघाटको क्रममा उनले सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् ।

कांग्रेसलाई सबल र सक्षम र बैचारिक रुपमा पनि समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको पौडेलले बताएका छन् । अग्रजहरुलाई सम्मान गर्दै युवा जोश जाँगरको समूचित प्रयोग गरी कांग्रेसको संगठन चुस्त दुरुस्त बनाउने उनको योजना छ ।

पार्टी भित्रको गुट उपगुटलाई राजनीतिक तरिकारले व्यवस्थापन गरी हेटौंडा उपमहानगरमा कांग्रेसको भातृ एवम् सुभेच्छुक संगठनलाई मजबुद बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलले बताए । आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा कांग्रेसका उमेदवारहरु जित्ने सांगठनिक आधार तयार पार्न आवश्यक देखिएको उनी बताउँछन् ।

सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागिपर्ने उनको भनाई छ ।

२०४२ साल चैत २२ गते रामेछापमा जन्मिएका उनी २०५३ सालमा हेटौंडा आए । २०५७ सालमा हेटौंडा ८ स्थित चन्द्रोदय माविमा अध्ययनरत छँदा उनी कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेवि संघ० मा आवद्ध थिए ।

२०५९ मा मकवानपुर बहुमुखी क्याम्पसको नेविसंघ इकाई सभापति भएका पौडेल २०६२ मा नेविसंघ मकवानपुरको सचिव चुनिए । प्रेस युनियनलगायतका अन्य सुभेच्छुक संस्थाहरुमा पनि पौडेल आवद्ध छन् । लामो समय कार्यकारी पद बिहिन भएर पनि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका पौडेल अवसर पाए पार्टी र जनताको हितका लागि थुप्रै काम गर्ने बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*